खलो र हली प्रथा अन्त्य गर्न माग
सुर्खेत । दलित सम्बद्ध जनवर्गीय संगठनहरुले कर्णालीमा परम्परागत रुपमा कायम रहेको खलो र हली प्रथा अन्त्य गर्न माग गरेका छन् । मुक्त हलियाको व्यवस्थापन गर्न पनि उनीहरुको माग छ ।
बिहीबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा समक्ष २३ बुँदे माग राख्दै दलित संगठनहरुले शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न निःशुल्क भर्ना, परम्परागत सिप प्रवर्द्धनको आधुनिकीकरण र व्यावसायीकरणका लागि क्षमता अभिवृद्धि लगायतका माग राखेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । कर्णालीका दलित समुदायले भोग्दै आएका समस्या र मागहरु नीति तथा कार्यक्रम र बजेटमा समेट्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इञ्चार्ज बसन्तकुमार विश्वकर्माले बताए ।
पत्रमा प्रादेशिक दलित छात्राबास भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन, मुख्यमन्त्री दलित आयआर्जन तथा लक्षित वर्ग कार्यक्रममा बजेट बढाउनुपर्ने माग गरिएको छ ।
दलित अधिकार प्रवर्द्धन र विकास ऐन निर्माण गरी तत्काल कार्यान्वयन गरिनुपर्ने विश्वकर्माले बताए । यसका अलावा प्रदेशमा रहेका भूमिहीन तथा सुकुमबासी दलित समुदायलाई जमिन उपलब्ध गराउनुपर्ने, प्रादेशिक कृषि औजार निर्माण कारखाना स्थापना गर्नुपर्ने माग पनि मुख्यमन्त्री समक्ष राखिएको उनको भनाइ छ ।
कर्णालीका कुल जनसंख्याको २९ प्रतिशत जनसंख्या दलित समुदायको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण