आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अवैध रुपमा भण्डारण गरी राखिएको रासायनिक मल बरामद

शुक्रबार, ०५ जेठ २०८०, ०८ : १३
शुक्रबार, ०५ जेठ २०८०

रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा अवैध रुपमा भण्डारण गरी गोदाममा राखिएको रासायनिक मल प्रहरीले बरामद गरेको छ।

राजपुर नगरपालिका ६ पानी टङ्की बजार छेउको गोदाममा भण्डारण गरी राखिएको भारतीय डिएपी र   युरिया मल संयुक्त प्रहरी टोलीले बिहीबार बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरी राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय राजपुर र सशस्त्र प्रहरी ११ नम्बर गण बाट गएको संयुक्त टोलीले डिएपी र युरिया गरी कूल ४६६ बोरा मलखाद बरामद गरेको प्रहरीले जनाएको छ। 

बरामद मलखाद आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप