कृषि क्षेत्रमा व्यापक सुधारको योजना, एकीकृत प्रणालीबाट अनुदान
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई व्यापक सुधारिकरणको योजना लिएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर बन्ने लक्ष्यसहित व्यापक सुधारको घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै तीनै तहका सरकारको सामूहिक प्रयासमा कृषि खेतीलाई प्रोत्साहन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने लगायतका योजना अघि बढाउने जानकारी दिएका छन् । यस्तै, अनुदानलाई व्यवस्थित गर्न एकीकृत प्रणालीको लागू गर्ने योजनासमेत सरकारको रहेको छ ।
कृषि अनुसन्धान नीति तर्जुमा गर्दै गुणस्तरीय बिउ बिजनमा देशलाई क्रमशः आत्मनिर्भर बनाउने योजना समेत सरकारले बनाएको छ । पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तहसँगै सिंगो समुदायलाई संलग्न गराइने तथा स्वदेशमा नै हाइब्रिड बिउको उत्पादनलाई प्राथमिक्तामा राख्ने राष्ट्रपति पौडेलले घोषणा गरे ।
यस्तै, बाली पूर्व नै समर्थन मूल्य तोक्ने तथा कृषि बजारको दायरा विस्तार गर्ने योजना समेत सरकारको रहेको छ । यस्तै, कृषि कार्यक्रमलाई पुनःरावलोकन गर्ने तथा कृषि, पशुपन्छी तथा खाद्यसम्बन्धी प्रयोगशालालाई स्तरोन्ती गर्ने राष्ट्रपतिले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण