फिल्म ‘डाकिनी’ का कलाकर्मी माझ प्रिमियर
काठमाडौँ । फिल्म ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फयाग्स एण्ड मुस्टाच’ प्रिमियर गरिएको छ । शुक्रबार साँझ ठमेल स्थित छाँया सेन्टरमा आयोजित प्रिमियर विदेशी राजदूतहरु, सेलिब्रिटी, बौद्ध धर्म गुरुहरु र कलाकर्मीको उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्म निर्देशक खिन्से नोर्बु पनि सहभागी थिए । प्रिमियरका लागि उनी अमेरिकादेखि नेपाल आएका हुन् । प्रिमियरमा अभिनेता हरिबंश आचार्य, अभिनेत्री बेनिशा हमाल लगायतको समेत सहभागिता थियो । प्रिमियरमा फिल्मको कथा पस्कने शैली मनपरेको सबैले बताए ।
षट्कोण आर्टस्ले निर्माण भएको फिल्म ‘डाकिनी’ खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेका हुन् । निर्देशक नोर्बु बौद्ध धर्मका ठूला गुरु समेत हुन् । फिल्मको नाम अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको छ । यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा छ । फिल्ममा तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण