शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘झिम परेली’ किरण र दीपाश्रीको रोमान्स

शनिबार, ०६ जेठ २०८०, ११ : ५३
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । गायिका रानी शाक्य र गायक सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ, भने सङ्गीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।

मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप