सातामा प्रतितोला १६ सयले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा उक्त रकमले मूल्य घटेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।
यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेर १ लाख ११ हजार पुगेको थियो । यस्तै, मंगलबार तोलामा १०० रुपैयाँले बढेको मूल्य बुधबार पुनः ओरालो लागेको थियो । यस्तै, विहीबार तोलामा ३०० र शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै घटेको महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारको १३ सय ७० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण