सकियो ‘तलास २’ को छायाङ्कन
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणा भएको फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ । दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।
विकास चौधरीको संगीत, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन रहेको फिल्म सुदिता लिङ्देनको प्रस्तुतिमा निर्माण भएको हो ।
फिल्मको लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता हुन् । निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नुपरेको विषयवस्तु बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण