फिल्म ‘सतीदेवी’ को छायाङ्कन सकियो
काठमाडौँ । फिल्म ‘सतीदेवी’ को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन शनिबारबाट सकिएको हो । निर्माता निर्देशक लक्ष्मण सुवेदीले २३ दिनमा फिल्मको इन्ड क्ल्याप भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘फिल्मको छायाङ्कन हामीले सोचेजस्तै राम्रो भयो’ सुवेदीले भने ‘अब सम्पादनमा जुट्ने छौ ।’ सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका थिए ।
फिल्मको काठमाडौं र लमजुङ आसपासका स्थानमा छायाङ्कन भएको छ । सञ्चारकर्मीसमेत रहेका सुवेदीको यो नारीप्रधान फिल्म ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय रहेको छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेकोे चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्रको गीत पनि सुवेदी आफंैले लेखेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ भने रामजी लामिछानेले कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण