विकासशील भएपछि पनि सहुलियत दिन अमेरिकालाई नेपालको आग्रह
आइतबार, ०७ जेठ २०८०, ०६ : ४१
नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएपछि पनि नेपाली वस्तुलाई दिँदै आएको सुविधा जारी राख्न अमेरिकालाई आग्रह गरेको छ ।
शुक्रवार काठमाडौँमा बसेको नेपाल(अमेरिका टिफा काउन्सिलको छैटौं बैठकमा नेपालले उक्त आग्रह गरेको हो । अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत नेपालका विभिन्न ७७ वस्तुलाई भन्सारमुक्त प्रवेश दिएको छ ।
सन् २०१५ मा आएको विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुऱ्याउने उद्देश्यले उक्त प्रोग्राम ल्याइएको थियो । १० वर्षका लागि ल्याइएको प्रोग्रामको अवधि सन् २०२५ मा सकिन्छ ।
सन् २०२६ मा नेपाल विकासशील मुलुकमा उक्लिँदै छ । विकासशील भइसकेपछि उक्त सुविधा गुम्ने अनुमान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण