जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि...
जनकपुरधाम । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको हो ।
विमानस्थलका प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क नभए पनि यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको जनाएका छन् । उनका अनुसार जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको हो ।
पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए । जनकपुर विमानस्थलमा आएर काठमाडौँ फर्केका यति एयरका जहाजमा ६० जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।
जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौँको लागि ५९ जनाले टिकट बुकिङ गराएका थिए । काठमाडौँ फर्केको यतिका आजको फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण