शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र पत्रकार संघले बाड्यो सम्मान र पुरस्कार

सोमबार, ०८ जेठ २०८०, ०७ : २५
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार बितरण गरेको छ । संघको २४ औँ बार्षिक उत्सवको अवसर पारेर आइतबार साँझ आयोजित एक समारोहकाबीच पुरस्कार तथा सम्मान बितरण गरेको हो ।

कार्यक्रममा तीन दशक भन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा क्रियासिल पत्रकार शान्ति प्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ प्रदान गरियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पहिलो रंगिन चलचित्रकी नायिका चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,  चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पुर्व अध्यक्ष विदुर गिरी लगायतले प्रियलाई फुलमाला, खादा, दोसल्ला, प्रमाण पत्र र ट्रफिले सम्मान गरे ।

संघले आफ्नो स्थापना भएको पश्चिस बर्ष पुगेको उपलक्ष पारेर यसै बर्षबाट सुरु गरेको यो सम्मानमा ५५ हजार नगद राशि रहेको छ । शान्ति प्रिय संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुन् ।
त्यस्तै संघले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ प्रदान गरेको छ  । गिरी तीनदशक बढी समयदेखि रंग पत्रकारितामा क्रियासिल छन्, भने सिग्देलले पनि मोफसलमा रहेर तीन दशक बढी रंगपत्रकारिता गरेका छन् ।

यो वर्ष (२०८०)को ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोलले प्राप्त गरे ।  यो पुरस्कारमा जनही ५१ हजार राशी रहेको छ । त्यस्तै यो वर्षको (२०८०) ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ रवि अधिकारीलाई प्रदान गरियो । प्रोसान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ । 

संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलालाई बधाई पत्र प्रदान गरिएको कार्यक्रममा मनोज केसी, ज्ञानु राई, रश्मी थापा लगायत समेत सम्मानित भएका थिए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्मल शर्मा गैडा, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र कुमार खड्का लगायत थुप्रै कलाकर्मीको उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप