बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला
सोमबार, ०८ जेठ २०८०, १० : ४६
बझाङ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।
आज बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।
यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण