कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने
काठमाडौँ । त्रिपुरेश्वरस्थित कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने भएको छ । दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि मञ्चन हुने भएको हो । नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक दीलिप रानाभाटले नाटक एकवर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताए ।
‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ । तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दैछ’, उनको भनाइ छ, ‘यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।’
तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यको मुख्य भूमिकामा अभिनय रहनेछ । उनीहरुको साथमा श्रवण रानामगर र नाथन रायन भण्डारीको समेत अभिनय रहनेछ । २८ गतेसम्म चल्ने नाटक दीलिप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् ।
काठमाडौँको एउटा फ्ल्याटमा ३ जना युवती भाडामा बस्छन् । एक अर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुची र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ । नाटक यही कथामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण