सेयर बजारमा उत्साह, ५१ अंकले नेप्से बढ्दा २ अर्ब २० करोडको कारोबार
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ ।
उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक क्रमशः ४.०५ प्रतिशत र ४.०३ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक ३.९१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.८० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेका छन् ।
यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक आज ३.४५ प्रतिशतले बढेको छ ।
आज तीन वटा कम्पनी कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सनराइज फस्ट म्युचुअल फण्डको सेयर मूल्य २ प्रतिशत घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण