बाघको आक्रमणबाट बारामा एक महिला घाइते
मङ्गलबार, ०९ जेठ २०८०, १९ : ०९
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलबार बाघले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् ।
बाघको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले प्रमिलाको अवस्था खतरामुक्त रहेको जनाएकी छन् ।
स्थानीय कपिल खरेलका अनुसार प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । तर डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण