मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट बारामा एक महिला घाइते

मङ्गलबार, ०९ जेठ २०८०, १९ : ०९
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलबार बाघले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् । 

बाघको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको  वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले प्रमिलाको अवस्था खतरामुक्त रहेको जनाएकी छन् । 

स्थानीय कपिल खरेलका अनुसार प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । तर डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप