सिन्धुली जिल्ला अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गयो : सांसद सुशीला थिङ
काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको निधन भएकोबारे प्रतिनिधि सभामा जानकारी गराएकी छिन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थिङले सिन्धुली जिल्ला अस्पतालमा २६ वर्षीय गंगाकुमारी श्रेष्ठ प्रसुति व्यथापछि पुगेको र अस्पतालका लापरबाहीका कारण ज्यान गुमाउनुपरेको बताइन् ।
सो अस्पतालले बिहान साढे २ बजे महोत्तरीको बर्दिबास ट्रमा सेन्टरका लागि रेफर गरेको र ट्रमा सेन्टर पुग्दा ढिला भएको कारण बिहान ५ बजे सुत्केरीको मृत्यु घोषणा गरिएको जानकारी गराइन् । उनले मृतकका आफन्तले अस्पताल तोडफोड गरेको र प्रहरीसँग झडप भएको जानकारी गराइन् । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु हुनु राम्रो सन्देश नभएको उनले बताउँदै अस्पतालको लापरबाहीका कारण कुनै पनि सुत्केरीले ज्यान गुमाउनु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण