काभा भलिबल– सेमिफाइन पुगिसकेको नेपाल भारतसँग पराजित
बुधबार, १० जेठ २०८०, १७ : १०
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो । आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि समग्र ३–१ सेटले नेपाल पराजित बनेको हो ।
हालसम्म नेपालले भारलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा समेत नेपाल भारतसँग पराजित बनेको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण