अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा
काठमाडौँ । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतीय निर्वाचनका लागि थुप्रै अनुहार चर्चामा छन् ।
त्यसमध्येका एक हुन्, रोन डेसान्टिस । अन्ततः लामो समयदेखिको अनुमानलाई सही साबित गर्दै रोनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उनले स्थानीय समयअनुसार बुधबार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्ीटरको प्रत्यक्ष प्रसारणमा समस्या आएपछि उनको उम्मेदवारी दर्ता प्रक्रियामा करिब २० मिनेट विलम्ब भएको थियो ।
रोनको उम्मेदवारी घोषणाको प्रत्यक्ष प्रसारण सुन्न ५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ता व्यग्र प्रतीक्षामा थिए । त्यही समयमा ट्वीटरमा समस्या आएपछि केही समयका लागि प्रत्यक्ष प्रसारण अवरुद्ध बनेको थियो । प्राविधिक समस्या समाधान भएपछि पुनः रोनले सम्बोधन गर्दा त्यो सँख्या घटेर २ लाख ५० हजारमा झरेको थियो ।
४४ वर्षीय रोन अमेरिकी सेनाका पूर्वअधिकारी पनि हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् । निकै लामो समयदेखि उनी राष्ट्रपति पदको आगामी निर्वाचनमा उम्मेदवार बन्ने कुरा चर्चामा थियो ।
सन् २०१३ देखि सन् २०१८ सम्म उनी अमेरिकी तल्लो सदनका सदस्य पनि थिए । उनले आफूले मात्र आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनलाई चुनौती दिन सक्ने दाबी गरेका छन् । यद्यपि, उनी गत नोभेम्बरमा मात्र फ्लोरिडाको गभर्नरमा पुनर्निर्वाचित भएका थिए ।
‘राष्ट्रपति पदको आगामी निर्वाचनका लागि म अगाडि आएको छु । अमेरिकालाई कुशल नेतृत्व प्रदान गर्दै सही दिशा प्रदान गर्न प्रतिबद्ध पनि छु,’ राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै रोनले भनेका छन् । उनले शैक्षिक सुधारको विषयलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् ।
आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाटै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि उम्मेदवार बन्ने दौडमा छन् । त्यसैले पार्टीभित्र फ्लोरिडाका गभर्नर रोनका लागि ट्रम्प नै सबैभन्दा ठूलो चुनौती बन्दै आएका छन् ।
अमेरिकी राष्ट्रिय राजनीतिमा पनि रोन चिरपरिचित अनुहार हुन् । उनी सन् २०१२ मा पहिलो पटक अमेरिकी संसद्को तल्लो सदनमा निर्वाचित भएका थिए । सन् २०१८ मा सिनेटर बन्ने दौडमा असफल भएपछि उनी फ्लोरिडाको गभर्नरमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण