उसुमा निश्चल र अन्जिता सर्वोत्कृष्ट खेलाडी
बिहीबार, ११ जेठ २०८०, २० : ५५
काठमाडौँ । काठमाडौँका निश्चल तामाङ र मकवानपुरकी अन्जिता स्याङतान दोस्रो बागमती प्रदेश खेलकुदको उसुमा बिहीबार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । निश्चल पुरुषतर्फ र अन्जिता महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र २ कांस्य पदकसहित ललितपुर टिम च्याम्पियन बन्यो । ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौँ दोस्रो भयो । तेस्रो स्थानको सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र २ कांस्य हात पा¥यो ।
प्रतियोगितामा १२ जिल्लाका २ सय ५० जना खेलाडी सहभागी थिए । सहभागी खेलाडीले २३ वटा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले ३, रामेछापले २ तथा भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुलीले १–१ स्वर्ण पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण