मेरी बास्सैबाट छुट्टिएका घिरौंले र बैकुण्ठले ल्याउँदै ‘भाविको लेखान्त’
काठमाडौं । हास्य सिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका कलाकार लेखान्त भुषाल र रमेश बुढामगरले नयाँं सिरियल ‘भाविको लेखान्त’ ल्याउने भएका छन् । उनीहरुले सामाजिक कथामा यो सिरिज ल्याउन लागेका हुन् ।
काठमाडौंमा एक कार्यक्रम गर्दै सिरियलको प्रोमो तथा कलाकार सार्वजनिक गरिएको हो । सिरियल आगामी जेठ १४ गते आइतवार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुनेछ । सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले रहेका छन् ।
धादिङमा छायांकन भएको सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने जानकारी कार्यक्रममा दिइयो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुसी लागेको बताए ।
हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भाविको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दिपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे ।
पत्रकार गोपिकृष्ण चापागाईँले शहजिकरण गरेको कार्यक्रममा रेडियो नेपालको नाटक शाखाका पुर्व निर्देशक आर जे सिंह, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, बरिष्ठ पत्रकार तुल्सी गिरी लगायतको उपस्थिती थियो ।
निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए । कलाकारदमन रुपाखेतीले मिडिया हवबाट सन्चालित मेरिबास्सैका धेरै कार्यक्रमा बाहिरिएर आआफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण