काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडादर घटेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा नयाँ भाडादर लागू गरेको हो । जसअनुसार ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ कायम भएको छ । यसअघि ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ थियो ।
यसैगरी १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ कायम भएको मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । यस्तै उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाइएको छ ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण