शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

शनिबार, १३ जेठ २०८०, १० : २७
शनिबार, १३ जेठ २०८०

शङ्खरापुर । २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज  प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो । 

प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । 

आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप