याे साता प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ९०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ कायम छ ।
साताको आइतबार तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः ८०० ले घटेको थियो । यस्तै, बुधबार ६०० ले उकालो लागेको सुनको मूल्य विहीबार स्थिर कायम थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, २५ रुपैयाँले घटेसँगै यो साताको शुक्रबार १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण