याे साता प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ९०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ कायम छ ।
साताको आइतबार तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः ८०० ले घटेको थियो । यस्तै, बुधबार ६०० ले उकालो लागेको सुनको मूल्य विहीबार स्थिर कायम थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, २५ रुपैयाँले घटेसँगै यो साताको शुक्रबार १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता