काभा महिला भलिबल : श्रींलका पाँचौ स्थानमा
काठमाडौँ । कीर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौ स्थान हाँसिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो ।
एक पक्षीय खेलमा श्रीलंकाले कीर्गिसतानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ । शनिवार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो । माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्गाएको छ ।
प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आईतवार नेपाल र उज्वेकस्तानबीच प्रतिष्पर्धा हुनेछ । नेपाल र उज्वेकस्तानबीचको खेल बिहान ११ बजे शुरु हुनेछ । नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । उज्वेकस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । उपाधिको लागि आईतवार नै भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण