‘देव वाणी’ को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘देव वाणी’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो । छायाङ्कन फिल्मको क्लाइमेक्स दृश्यबाट गरिएको छ । क्लाइमेक्स निर्देशक द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् । बाबु साहेब बलामीले निर्देशन रहने फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, रवीन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा लगायतको मुख्य अभिनय रहनेछ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको ‘देव वाणी’ सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन हुनेछ । नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणीको पनि अभिनय देख्न सकिनेछ ।
हरिबहादुर घलेको छायाङ्कन, बन्देप्रसादको सम्पादन रहने फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण