बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘देव वाणी’ को छायाङ्कन सुरु

आइतबार, १४ जेठ २०८०, ११ : ०७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । फिल्म ‘देव वाणी’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो । छायाङ्कन फिल्मको क्लाइमेक्स दृश्यबाट गरिएको छ । क्लाइमेक्स निर्देशक द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् ।  बाबु साहेब बलामीले निर्देशन रहने फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, रवीन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा लगायतको मुख्य अभिनय रहनेछ । 

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको ‘देव वाणी’ सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन हुनेछ । नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणीको पनि अभिनय देख्न सकिनेछ ।

हरिबहादुर घलेको छायाङ्कन, बन्देप्रसादको सम्पादन रहने फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप