मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण, पूर्णपाठ हेर्नुहोस्

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै
आइतबार, १४ जेठ २०८०, १५ : २९
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९–८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ । ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ । त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ । 

फलस्वरूप, आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान पनि सरकारको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान सरकारको छ ।

यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ । ‘यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो’, सर्वेक्षणमा भनिएको छ।  

विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको पनि सरकारको भनाइ छ । उद्योग क्षेत्रको योगदान भने करिब स्थिर रहेको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.१ प्रतिशत, १३.५ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान सरकारको छ । 

आर्थिक सर्वेक्षणको पूर्णपाठ हेर्नुहोस्: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप