सार्वजनिक ऋण वार्षिक बजेटभन्दा बढी, फागुन मसान्तसम्म २० खर्ब ८० अर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् ।
अर्थमन्त्री डा.महतका अनुसार २०७९ फागुनसम्म आन्तरिक ऋण रु. १० खर्व १० अर्ब २८ करोड र बाह्य ऋण रु १० खर्ब ६९ अर्ब ७८ करोड गरी सङ्घीय सरकारको सार्वजनिक ऋण दायित्व रु. २० खर्ब ८० अर्ब ६ करोड पुगेको हो ।
२०७९ असारसम्म सार्वजनिक ऋण दायित्व रु २० खर्ब १३ अर्ब २९ करोड रहेको थियो । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म रु ८७ अर्ब २० करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी रु १ खर्ब ३७ अर्ब १२ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा रु ७२ अर्ब ५८ करोड बराबरको सहायता परिचालन भएको अर्थमन्त्री डा.महतको भनाइ छ ।
उक्त अवधिमा रु ५३ अर्ब ४४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण