कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छ : प्रमुख सचेतक लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै उनले सरकारले ल्याउने बजेट राम्रो हुने भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए ।
लेखकले वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताए । सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने उनले बताए । सरकारले ल्याउने बजेटको मुख्य चुनौती भनेको कार्यान्वयनको रहेको उनले बताए ।
लेखकले सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताए । वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको उनले बताए । सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको उनले बताए ।
लेखकले सरकारले बजेटमार्फत ल्याएका योजनाहरू ३ वर्षमा पूरा गर्ने भनेपनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको बताए । भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण