शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेफ्ट–राइट जेठ तेस्रो साता बजारमा आउने

आइतबार, १४ जेठ २०८०, २१ : ४५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ । 

आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्या्उने तयारी रहेको जानकारी दिइएको हो । साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।  

पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पारेको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरेका छन् । 

पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरिएको छ । 

लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ ।

पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप