आदिपुरुषको तेलुगु राइटस १७० करोडमा बिक्री
सोमबार, १५ जेठ २०८०, ०९ : ३१
मुम्बई । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ । ‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन ।
यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ । ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ ।
यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।
फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ । यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण