बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुसुमलाई प्रश्न : ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ?

मङ्गलबार, १६ जेठ २०८०, १२ : १२
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’ की मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो अभिनयपछि रातारात हिट भएकी उनी पछिल्लो समय सधैँ मिडियामा छाउन सफल छिन् ।

मिडियामा उनको चर्चाको विषय ‘सकम्बरी’ भिडियो अभिनय नै हुने गरेको छ । अहिलेसम्म ३ करोड भन्दा बढीले हेरेको यो गीतको भिडियाेकी मोडल शर्मा जहाँ भेटिन्छिन्, मिडियाकर्मीको प्रश्न तेर्सिने गर्छ । भोलिका दिनमा तपाईलाई ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ? 

हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पनि शर्मा माथि यही प्रश्न दोहोरियो । जवाफमा उनले आफू यो कुरोमा सज रहेको बताइन् । उनले भनिन्, ‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ ।’

कार्यक्रममा उनलाई प्रेमको विषयमा समेत प्रश्न राखिएको थियो । यस विषयमा उनले आफू कसैको प्रेममा नरहेको बताइन् । भनिन्, ‘जोसँग काम गर्‍यो, उहीसँग नाम जोड्न थाल्यो भने त भोलिका दिनमा सबैसँग नाम जोडिएला । त्यसलाई के भन्ने ।’

कार्यक्रममा गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीतमा आफूले बोल्न नसकेको व्यक्तिको पीडा बोलेको बताए । उनले सक्षम भइसकेका नारीको आवाजभन्दा पनि जो बोल्न सकिरहेका छैनन्, जसले आत्मनिर्णय गर्न सकेका छैनन् र जो स्वतन्त्र छैनन् सिर्जना मार्फत उनीहरुको आवाज म बोलिदिने गरेको छु । आगामी दिनमा पनि सिर्जना मार्फत आफूले यस्तै कुरो अगाडि ल्याउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप