‘राधा’ फेरि रिलिज हुँदै
काठमाडौँ । गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्म राधा ः सेक्रेट्स अफ राधा’ फेरि रिलिज हुने भएको छ । हलले सोज बाँडफाँडमा अन्याय गरेको भन्दै ४ दिनमै प्रदर्शन स्थगित गरेको फिल्म अगामी भदौ २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।
त्यही बेला नै निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । भदौ २९ मा यसअघि दुई फिल्म ‘नाङ्गो गाउँ’ र ‘भागवत गीता’ ले आउने बताइ सकेका छन् । यही मितिमा फिल्म ‘ऐँचो पैँचा’ पनि प्रदर्शनमा आउने सम्भावना छ ।
‘राधा’मा सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको अभिनय छ ।
वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा प्रस्तुत भएको फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा विक्रमदास जोशी सह निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण