शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचौ पिम नेपाल फिल्म फेष्टिवल असारमा हुने

मङ्गलबार, १६ जेठ २०८०, १८ : ३४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ  । पाँचौ पिम नेपाल फिल्म फेष्टिभल असारमा आयोजना हुने भएको छ । आयोजक पिम नेपालले एक विज्ञप्ति जारी गर्दै फेष्टिभलको जानकारी दिएको छ ।

‘पिम नेपाल फिल्म फेष्टिभल’ नामकरण गरिएको फेष्टिभलमा सहभागीका लागि आवेदन समेत खुल्ला गरिएको छ । १३ देखी १५ असारसम्म काठमाडांैमा आयोजना हुने फेष्टिभलमा चलचित्र, वृत्तचित्र तथा लघुचलचित्र लगायतले सहभागीका लागि विधागत आवेदन दिन सक्नेछन् । 

आवेदन दिने अन्तिम मिति ७ असारसम्म  रहेको आयोजक संस्थाकी अध्यक्ष कमला जोशीले बताइन् । उनले भनिन्, ‘नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, वृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने छन् ।’

नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवर्द्धन तथा सम्वद्र्धनको गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस यो फेष्टिभलको सुरुवात गरेको हो । हाल संस्थाले पाँचौ संस्करणको कार्यक्रमको आयोजना हुन लागेको संस्थाका अध्यक्ष माधव राज खरेलले बताए ।

पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक÷ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ । वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप