भारत भ्रमणमा निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट
काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्।
भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।
गत चैत १४–१७ सम्म चीनको राजधानी हाइनानमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्वीकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण