सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट

बुधबार, १७ जेठ २०८०, ०९ : २१
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । 

चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्। 

भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ । 

गत चैत १४–१७ सम्म चीनको राजधानी हाइनानमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्वीकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदै छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप