नेपालमा सेमिनार गर्न आएका दुई विदेशीसँग २ लाख रुपैयाँ धरौटी माग
काठमाडौँ । नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो।
धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए।
पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए। गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको अवस्थामा प्रहरीको सहयोगमा विभागले नियन्त्रणमा लिएको थियो।
उनीहरूले पोल्यान्ड लैजाने भन्दै एक जना पीडितले विभागमा उजुरी दिन खोजेका थिए। पछि लगेको २ लाख रुपैयाँ फिर्ता गरेको भन्दै उजुरी दिनबाट पछि हटेका थिए। हालसम्म उनीहरू विरुद्ध कुनै ठोस प्रमाण फेला नपरेको भन्दै धरौटीमा रसियन दूतावासको जिम्मा लगाइएको अनुसन्धान अधिकृत अधिकारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण