बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र 'मीराः स्याडो अफ अ रेन्बो'को फर्स्टलुक पोस्टर सार्वजनिक

बिहीबार, १८ जेठ २०८०, १६ : ३१
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । नेपाली चलचित्र 'मीराः स्याडो अफ अ रेन्बो'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ ।

चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताइन् । उनले भनिन्, "अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग चलचित्रमा पाइन्छ ।" उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि चलचित्रमा रहेको बताइन् । उनले भनिन्, "प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमुख कथा हो ।" यो चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।

यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमुख अभिनय रहेको छ । आश्वि फिल्म्सले चलचित्र निर्माण गरेको हो । पोस्टरमा रिलिजबारे भने केही खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप