अदालत
भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर
बिहीबार, १८ जेठ २०८०, २३ : ४४
काठमाडौँ । बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
शुक्रबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यद्यपि जेठ २५ गतेमात्र सजाय निर्धारणका लागि छलफल हुने भएको छ ।
एक करोडभन्दा बढी बिगो भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । सोही अनुसार शर्मालाई कम्तीमा ८ वर्ष सजाय हुनसक्ने देखिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा भने शर्माले सफाइ पाएका छन् । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीसहित उनकी पत्नीलाई पनि विपक्षी बनाइ मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण