बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन नेपालको शान्ति प्रक्रिया टुंग्याउन जस्तोसुकै सहयोग गर्न तयार छ : अग्नि सापकोटा

शुक्रबार, १९ जेठ २०८०, १६ : ०४
शुक्रबार, १९ जेठ २०८०

काठमाडौं  । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताए । 

‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ । त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो ।  विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ । हामीले गरेको यो १९ औं भ्रमण हो ।’ 

चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको सापकोटाले बताए । ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ । गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ । चीनको आधुनिकरण बहुआयामिक छ’ उनले भने, ‘उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन् । हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप