चीन नेपालको शान्ति प्रक्रिया टुंग्याउन जस्तोसुकै सहयोग गर्न तयार छ : अग्नि सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताए ।
‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ । त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो । विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ । हामीले गरेको यो १९ औं भ्रमण हो ।’
चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको सापकोटाले बताए । ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ । गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ । चीनको आधुनिकरण बहुआयामिक छ’ उनले भने, ‘उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन् । हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण