साढे चार घण्टायता एमाले सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक साढे चार घण्टायता बसिरहेको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी, प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा जेठ १५ गते पेश भएको बजेट र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन जेठ १७ गते प्रमाणीकरण गरेका थिए । राष्ट्रपति पौडेलले उक्त विधेयक संविधानको मर्मविपरित प्रमाणीकरण गरेको एमाले नेताहरुले बताउँदै आएका छन् । त्यस्तै रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णयप्रति पनि एमाले सकारात्मक छैन ।
‘पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी संगठनसँग सरोकार राख्ने विषयहरुमा छलफल भइरहेको छ’, एमाले उपाध्यक्ष समेत रहेका युवराज ज्ञवालीले भने, ‘पछिल्ला घटनाक्रमबारे पार्टीको दृष्टिकोण तय हुन्छ, यसबाहेक केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार केन्द्रीय सदस्यहरुको जिम्मेवारी निर्धारण हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण