‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
काठमाडौंँ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘ड्रेस टु इम्प्रेस’को आठौँ संस्करण आयोजना भएको छ । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्स पूरा गरेका १३३ जना डिजाइनरहरूको प्रतिस्पर्धामा रहेको कार्यक्रममा ४ डिजाइनर उत्कृष्ट भएका छन् ।
प्रतिस्पर्धामा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन नेपालकी विद्यार्थी अन्जुमान बानो ‘वेस्ट आउट अफ वेस्ट’ थिममा उत्कृष्ट डिजाइनर बनेकी छन् । आयोजकले प्रतिस्पर्धाहरूलाई चार वटा थिम दिएको थियो । जसमध्ये ‘फाइभ सिजन’ थिममा ममता राई, ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल विजेता घोषित भए ।
यस्तै, अर्को थिम ‘बोल्ड एक्सेसरिज’मा दमायन्ती अधिकारीको थिम उत्कृष्ट ठहरियो । डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्पर्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैँले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।
वरिष्ठ फोटो पत्रकार एवं गीतकार हरि गोपाल, काठमाडौँ युनिभर्सिटीका भाइस चान्सलर डा. भोला थापा, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्ण राज तिमल्सिना र रुपेश प्रधान प्रतियोगितामा निर्णायक रहेका थिए ।
आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो । आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको शेर्पाले बताए ।
काठमाडौँको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्स अध्यापन गराउँदै आएको छ । कार्यक्रमका प्रत्येक विजेताले १५ हजार र विभिन्न गिफ्ट प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण