गोखरपुरबाट फिल्म ‘अगस्त्य’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘अगस्त्य: च्याप्टर वान’को छायाङ्कन सुरु भएको छ । भारतको गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएके हो । फिल्मका निर्देशक सौरभ चौधरी हुन् ।
६० दिनको सेड्युल राखिएको फिल्मको २५ दिनसम्म गोखरपुरमा नै छायाङ्कन हुनेछ । त्यसपछि नेपालको नवलपरासी, भैरहवा र काठमाडौँमा छायाङ्कन हुने निर्देशक चौधरीले बताए ।
सौगात मल्ल, नाजिर हुसेन र मालिका महतको मुख्य भूमिका रहने फिल्मको गोखरपुरमा सेट बनाएर छायाङ्कन गर्न लागिएको हो । फिल्मको चरित्रका लागि सौगातले २० केजी तौल घटाएका छन्, भने नाजिरले २० केजी तौल बढाएका छन् ।
सौगात र नाजिरको एक्सन समेत रहने फिल्म दुई शृङ्खलामा बन्न लागेको हो । फिल्ममा प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बरालको पनि अभिनय रहनेछ ।
फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । प्रकाश मल्ल र अनीश तामाङ फिल्मका निर्माता हुन् ।
फिल्मको छायाकार सञ्जय लामा हुन् । फिल्मको शीर्षक हिन्दु धर्मका सप्त ऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण