बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट फल्स गराउण्डमा तयार भयो : पूर्व अर्थमन्त्री खतिवडा

सोमबार, २२ जेठ २०८०, १७ : ४१
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट फल्स गराउण्डमा तयार भएको तर्क गरेका छन् । कमजोर जगमा तयार भएको बजेटले खास रिजल्ट दिन नसक्ने उनले बताए ।

सोमबार राजधानीमा आर्थिक मिडिया सञ्चालक सङ्घ (इम्सन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै डा.खतिवडाले भने, ‘बजेटको आकार घटेर आयो, धेरै राम्रा कुराहरू समेटिएका छन् भनेर खुसी मान्नुपर्दैन, बजेटको जग कमजोर छ । अरूले तयार गरेको जगमा कसिलो घर बनाउन सकिँदैन’ उनले भने ।

बजेटको आकार विषय कोट्याउँदै खतिवडाले भने, ‘बजेटको आकार सानो होइन तुलनात्मक रूपमा बढेकै हो । कोभिड–१९ को प्रभाव, आर्थिक मन्दीको सुधार हुने खालको बजेट आयो कि आएन ? खास मुद्दा यो हो’ उनले भने, ‘बजेट ले निजी क्षेत्र खुसी भएको देखिएन ।’ 

बजेटमा राम्रा कुरा समेटिएको भनिए पनि यसबाट कोको खुसी छन् ? अलमल भएको बताए । बजेट सुन्दा निकै राम्रो सुनिने तर आर्थिक विधेयक आउँदा खङ्ग्रङ्ग हुने स्थिति बन्ने गरेको बताए । उनले आफ्नै उदाहरण दिँदै भने, ‘सबैलाई खुसी पार्न त सकिँदैन तर मुलुक आर्थिक सुधार, समस्या सुधार र मूल्य वृद्धि नियन्त्रण गर्ने गरी आउनुपर्छ । तर, अहिलेको बजेटले यस्तो गुन्जायस देखिएन’ डा.खतिवडाले भने, ‘बजेटले कोभिडको रिकभरी गर्न र भूकम्पपछिको बाँकी पुनर्निर्माणको विषयलाई पनि समेट्न सकेन ।’ 

सोही अवसरमा पूर्व अर्थमन्त्री खतिवडाले अहिले आर्थिक सङ्कटको स्थिति आउनुमा ऋण लिएर सहुलियतपूर्ण कर्जा दिनु पनि रहेको स्वीकारे । आफ्नो पालामा विद्युतीय गाडीको कर वृद्धि गरेको विषयमा बचाउ गर्दै खतिवडाले भने, ‘पोलुसन सहरी क्षेत्रमा मात्र हो, अन्य इन्धनका कारण पनि पोलुसन बढेको छ तर गाडीको पछि मात्र लागेर हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप