बजेट फल्स गराउण्डमा तयार भयो : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट फल्स गराउण्डमा तयार भएको तर्क गरेका छन् । कमजोर जगमा तयार भएको बजेटले खास रिजल्ट दिन नसक्ने उनले बताए ।
सोमबार राजधानीमा आर्थिक मिडिया सञ्चालक सङ्घ (इम्सन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै डा.खतिवडाले भने, ‘बजेटको आकार घटेर आयो, धेरै राम्रा कुराहरू समेटिएका छन् भनेर खुसी मान्नुपर्दैन, बजेटको जग कमजोर छ । अरूले तयार गरेको जगमा कसिलो घर बनाउन सकिँदैन’ उनले भने ।
बजेटको आकार विषय कोट्याउँदै खतिवडाले भने, ‘बजेटको आकार सानो होइन तुलनात्मक रूपमा बढेकै हो । कोभिड–१९ को प्रभाव, आर्थिक मन्दीको सुधार हुने खालको बजेट आयो कि आएन ? खास मुद्दा यो हो’ उनले भने, ‘बजेट ले निजी क्षेत्र खुसी भएको देखिएन ।’
बजेटमा राम्रा कुरा समेटिएको भनिए पनि यसबाट कोको खुसी छन् ? अलमल भएको बताए । बजेट सुन्दा निकै राम्रो सुनिने तर आर्थिक विधेयक आउँदा खङ्ग्रङ्ग हुने स्थिति बन्ने गरेको बताए । उनले आफ्नै उदाहरण दिँदै भने, ‘सबैलाई खुसी पार्न त सकिँदैन तर मुलुक आर्थिक सुधार, समस्या सुधार र मूल्य वृद्धि नियन्त्रण गर्ने गरी आउनुपर्छ । तर, अहिलेको बजेटले यस्तो गुन्जायस देखिएन’ डा.खतिवडाले भने, ‘बजेटले कोभिडको रिकभरी गर्न र भूकम्पपछिको बाँकी पुनर्निर्माणको विषयलाई पनि समेट्न सकेन ।’
सोही अवसरमा पूर्व अर्थमन्त्री खतिवडाले अहिले आर्थिक सङ्कटको स्थिति आउनुमा ऋण लिएर सहुलियतपूर्ण कर्जा दिनु पनि रहेको स्वीकारे । आफ्नो पालामा विद्युतीय गाडीको कर वृद्धि गरेको विषयमा बचाउ गर्दै खतिवडाले भने, ‘पोलुसन सहरी क्षेत्रमा मात्र हो, अन्य इन्धनका कारण पनि पोलुसन बढेको छ तर गाडीको पछि मात्र लागेर हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण