के छ एमालेको १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमा ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा एमालेले १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ । पार्टीको गत वैशाख २८ देखि ३० सम्म चलेको पाँचौ केन्द्रीय समितिको बैठकको निर्णय र त्यसपछि बसेका सचिवालय र स्थायी कमिटी बैठकसमेतका निर्णयको आधारमा अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीमा अपानि जारी गरेका हुन् ।
अपानिमा पार्टीले फागुन ५ देखि वैशाख ९ सम्म सञ्चालन गरेको मिसन ग्रासरुटको समीक्षा गरिएको छ । यस्तै ७० वर्षे हदम्याद निलम्बन गरिएको विषय पनि उल्लेख छ ।
यस्तै अपानिमा नेताहरुको कार्यविभाजन गरिनुका साथै यसअघिका जिम्मेवारी हेरफेर भएको उल्लेख छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई विभागीय कामको संयोजनका अतिरिक्त जिम्मा पनि दिइएको छ । यस प्रयोजनका लागि विभिन्न ३३ वटा विभागलाई ७ समूहमा विभाजन गरिएको उल्लेख छ ।
यस्तै सचिव टोपबहादुर रायमाझीको पद निलम्बन, हरिनारायण महताको केन्द्रीय सदस्य पद निलम्बन फुकुवा, केन्द्रीय निकायमा मनोनयन भएको लगायत जानकारी पनि दिइएको छ ।
यसबाहेक केन्द्रीय विभागहरुमा थप सिफारिससहित विभिन्न पाँच परिशिष्टहरु अपानिमा समावेश छन् ।
जसमा केन्द्रीय कमिटीको पाँचौ बैठकमा पेश भएका राजनीतिक प्रतिवेदन, बैठकबाट पारित प्रस्तावहरु, भूगोलको कार्यविभाजन, फाँटको कार्यविभाजन, विभागको कार्यविभाजन र प्रदेश संयोजकहरुबारे उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण