शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
एमालेको अपानि

के छ एमालेको १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमा ? (पूर्णपाठसहित)

केन्द्रीय नेताहरुको कार्यविभाजन, ७० वर्षे हदम्याद निलम्बन
मङ्गलबार, २३ जेठ २०८०, २२ : १३
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेले १०५ पृष्ठ लामो अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गरेको छ ।  पार्टीको गत वैशाख २८ देखि ३० सम्म चलेको पाँचौ केन्द्रीय समितिको बैठकको निर्णय र त्यसपछि बसेका सचिवालय र स्थायी कमिटी बैठकसमेतका निर्णयको आधारमा अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीमा अपानि जारी गरेका हुन् । 

अपानिमा पार्टीले फागुन ५ देखि वैशाख ९ सम्म सञ्चालन गरेको मिसन ग्रासरुटको समीक्षा गरिएको छ । यस्तै ७० वर्षे हदम्याद निलम्बन गरिएको विषय पनि उल्लेख छ । 

यस्तै अपानिमा नेताहरुको कार्यविभाजन गरिनुका साथै यसअघिका जिम्मेवारी हेरफेर भएको उल्लेख छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई विभागीय कामको संयोजनका अतिरिक्त जिम्मा पनि दिइएको छ । यस प्रयोजनका लागि विभिन्न ३३ वटा विभागलाई ७ समूहमा विभाजन गरिएको उल्लेख छ । 

यस्तै सचिव टोपबहादुर रायमाझीको पद निलम्बन, हरिनारायण महताको केन्द्रीय सदस्य पद निलम्बन फुकुवा, केन्द्रीय निकायमा मनोनयन भएको लगायत जानकारी पनि दिइएको छ । 

यसबाहेक केन्द्रीय विभागहरुमा थप सिफारिससहित विभिन्न पाँच परिशिष्टहरु अपानिमा समावेश छन् । 

जसमा केन्द्रीय कमिटीको पाँचौ बैठकमा पेश भएका राजनीतिक प्रतिवेदन, बैठकबाट पारित प्रस्तावहरु, भूगोलको कार्यविभाजन, फाँटको कार्यविभाजन, विभागको कार्यविभाजन र प्रदेश संयोजकहरुबारे उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप