इरानले बनायो ध्वनिभन्दा १५ गुणा बढी गतिको मिसाइल
इरान । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल अनावरण गरेको छ । यो मिसाइलको गति ध्वनिभन्दा १५ गुणा बढी गतिको रहेको छ । यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मिसाइलको नाम फतेह राखेका छन्।
राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमान्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो। यो पूर्णतया इरानमा निर्मित हो ।
इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ। तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।
मिसाइलको गति सीमा म्याच १५ मच (५,१४५ मिटर वा १६,८८० फीट प्रति सेकेन्ड)छ। यसको फायर पावर १४०० किमी छ।
हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा वा बढीमा यात्रा गर्छन्। फतेह कुनै पनि राडारमा समातिने छैन। फतहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सकिँदैन किनभने यो फरक दिशामा र विभिन्न उचाइमा यात्रा गर्दछ।
आईआरजीसी एयरोस्पेस प्रमुख अमिर अली हाजिजादेहले गत वर्ष नोभेम्बरमा इरानी क्षेप्यास्त्र प्रविधिका पिता भनेर चिनिने हसन तेहरानी मोगद्दमको पुण्य तिथिमा हाइपरसोनिक मिसाइलको विकासको घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण