फिल्म ‘अन्तिम संस्कार’मा दीयाको भूमिका कस्तो ?
काठमाडौँ । फिल्म कम अभिनय गरे पनि फरक भूमिकामा देखिने अभिनेत्री हुन् दीया पुन । ‘वीरविक्रम’बाट अभिनयमा भित्रिएकी उनका ‘मिस्टर झोले’, ‘मन्त्र’ रिलिज भइसके भने ‘दयारानी’ र ‘अन्तिम संस्कार’ प्रदर्शन बाँकी छ ।
‘अन्तिम संस्कार’ भने अगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनको भूमिका ‘डिएसपी रक्षा’ नाम पात्रको छ । जो कुनै एक घटनाको अनुसन्धानमा खटाइएकी हुन्छिन् । फिल्म उनकै वरिपरि घुमेको छ ।
फिल्मका निर्देशक प्रदीप शाही हुन् । प्रदीपले यसअघि ‘गोर्खा: विनिथ विथ ब्रेभरी’ निर्देशन गरेका थिए । दीया प्रदीपको ‘गोर्खा: विनिथ विथ ब्रेभरी’ कामबाट प्रभावित थिइन् । प्रदीप पनि दीयाको कामबाट सुन्टुष्ट थिए । त्यसैले अन्तिम संस्कारमा दुवैको सहकार्य भयो ।
‘फिल्ममा एकै किसिमको चरित्र निभाई रहँदा केही फरक गर्ने मन थियो । त्यो यो फिल्ममा भेटे । अनि म जोडिएँ’, दीया भन्छिन् ।
दीयाका अनुसार कोभिड महामारीको समयमा निर्माण गरिएको यो फिल्मको पूर्व तयारीका लागि उनले दुई महिना ‘भर्चुअल वर्कसप’गरेकी थिइन् । ‘सुरुको महामारीका समयमा म बाहिर थिएँ । हामी एउटै देशमा बसे पनि फरक ठाउँमा थियौं’, दीयाले सम्झिन् ‘प्रदीपजीले जुम मिटिङमा नै सबै कुरा बताउनुभयो ।’
दीयाका लागि प्रहरी चरित्र नयाँ थियो । त्यसका लागि उनले केही पूर्व तयारी गरिन् । किनभने उनलाई प्रहरी सम्बन्धी ज्ञान पनि थिएन ।
‘नेपाली फिल्ममा महिला प्रहरीहरु कमै देखिन्छन् । यो फिल्मका लागि मैले प्रहरी अधिकृतसँग घुलमिल हुन त पाइनँ । तर मैले यस्तै खालका फिल्म हेरेर आइडिया लिएँ’, दीया खुलिन्, ‘आइडिया लिएँ भन्दैमा त्यसको कपी चाहिँ गरेको छैन । ती फिल्ममा पुलिस अफिसरलाई कसरी देखाइएको छ भन्ने हेरें ।’ बाटोमा हिड्दा समेत महिला प्रहरी देख्दा उभिएर उनीहरूको व्यवहार हरेको उनले सुनाइन् ।
फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा छायाङ्कन गरिएको हो । मुस्ताङको चिसो मौसममा छायाङ्कन गर्दा केही असहज भए पनि टिमको समन्वयले त्यो असहज सहज भएको बताइन् ।
दीया ‘अन्तिम संस्कार’ को कथा खुलाउन चाहन्नन् । ‘फिल्मको नामले नै अन्तिम संस्कारको बारेमा हो भनेर कति जनाले सोध्नुहुन्छ । यो विषयमा मैले बोल्न मिल्दैन’, उनले अगाडि भनिन् ‘फिल्मको ट्रेलर हेर्दा केही फरक देख्न सक्नुहुन्छ ।’
यो फिल्ममा अभिनेता विजय लामासँग सहकार्य गर्न उनी खुसी छिन् । ‘उहाँ सहयोगी स्वभावको हुनुहुन्छ । सबैलाई अभिनयको प्रोत्साहन दिनुहुन्छ । उहाँमा म वरिष्ठ हो भन्ने भावना छैन’, दीयाले भनिन् ।
‘अन्तिम संस्कार’साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले निर्माण गरेको हो । फिल्मको भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ कार्यकारी निर्माता हुन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्ममा सामाजिक एवं सांस्कृतिक कथावस्तुमा छ ।
फिल्ममा दीया र विजयको अलावा रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राइ, सुस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण