नीति तथा कार्यक्रम कर्णालीका जनताको सपना हो : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन् । उनले जवाफमा नीति तथा कार्यक्रम कुनै राजनीतिक दलको दस्तावेज नभएर कर्णालीका जनताको सपना भएको बताए । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा बोल्दै शर्माले नीति तथा कार्यक्रममा सबैको चित्त बुझाउन नसकिने भन्दै एउटा गित नै गाए ।
उनले भने,‘ नीति तथा कार्यक्रम कति राम्रो कति नराम्रो...एउटा कलाकारले भनेजस्तै...‘सुपारी चाम्रो, मत के राम्रो छुर ओई हेराई हो राम्रो’ भनेजस्तो हाम्रा दृष्टिकोणहरु, हाम्रा बुझाइका स्तरहरु अभिव्यक्त भइरहेका छन्, नियतहरु अभिव्यक्त भइरहेका छन् ।’ यद्यपि सबैको नियत कर्णाली राम्रो बनाउँ भन्ने नै हो र हुनुपर्ने उनको भनाइ थियो । उनले जे समाजवाद भनेपनि कर्णालीका जनताको लागि समाजवाद भनेको आर्थिक सम्पन्नता र सामाजिक न्याय रहेको बताए । ‘हामी यही बाटोमा हिँड्नुपर्छ,’ उनले भने,‘ लम्बा चौडा कुरा भन्दा हामीले गर्ने काम हो । मैले भन्दै अएको छु ‘गाला रगत र पाटा बिस्कुन’ सबैले देख्छ भने झैँ हामीले विगतबारे पनि देख्दै र भोग्दै आएको हो ।’
साथै उनले विगतका प्रयत्नहरुलाई नसमेटेर अलग्गै हिँड्ने नसक्ने र हिजोको कुरालाई समेटेर नै नीति तथा कार्यक्रम बनाइएको प्रष्ट पारे । ‘यस अर्थमा यो नीति तथा कार्यक्रम कुनै पार्टीको राजनीतिक दस्तावेज नभई कर्णालीका जनताको सपनाको दस्तावेज हो,’ उनले भने,‘ एउटाको कामलाई अर्काले खुइल्याउनुपर्ने प्रवृत्तिले देश बन्दैन राम्रोलाई राम्रो भन्न सक्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण