केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
काठमाडौं । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।
मौसमविद् लामिछानेले भने, “यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । केरला आइपुगेको वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघिपछि पनि हुन्छ ।”
अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको उनले बताए । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ ।
झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।
गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण