मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी निकट पत्रकारको राष्ट्रिय अधिवेसन आजबाट, नयाँ नेतृत्व चयन हुने

शुक्रबार, २६ जेठ २०८०, ०८ : ३५
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । 

आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खड्का रहेका छन् । यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप