वीरेन्द्रनगरका सामुदायिक विद्यालय असार १ सम्म बन्द हुने
शुक्रबार, २६ जेठ २०८०, १९ : २०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालयहरू एक साताका लागि बन्द भएका थिए ।
यस्तै शुक्रबारदेखि सामुदायिक विद्यालयहरू पनि असार १ गतेसम्म बन्द हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले विद्यार्थीको सिकाई अनुकूल नभएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण