कारबाही अघि नै बेलायती पूर्व प्रधानमन्त्रीले दिए सांसद पदबाट राजीनामा
लन्डन । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसदलाई गुमराह गरेको आरोपमा सजाय पाउने जानकारी पाएपछि सांसद पदबाट राजीनामा दिएका छन् । तत्कालै लागु हुने गरी जोन्सनले राजीनामा दिए पछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुने भएको छ।
संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन् । उनले कोभिड–१९ का सबै नियमहरू पालना गरिएको बताउँदै आए पनि उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप लगाइएको छ ।
संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा बढी सांसदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ। तर उनले राजीनामा दिए र सम्भावित रूपमा आफ्नो सिटको लागि चुनावको तयारी सुरु गरे।
‘मलाई सांसदबाट हटाउन म विरुद्ध कारबाही गर्न कटिबद्ध छन् भनेर विशेषाधिकार समितिबाट पत्र प्राप्त भएको छ,’ उनले भने, ‘समितिका धेरैजसो सदस्यहरू, विशेष गरी अध्यक्षले प्रमाण नदेखेर नै मेरो दोषको बारेमा गहिरो पक्षपातपूर्ण टिप्पणी गरिसकेका छन् ।’
प्रिमियरशिप डाउनिंग स्ट्रीट कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग उनीमाथि लाग्दै आएको छ । उनले कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरे पछि बेलायत भरी आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण